ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

Nov 05, 2023 10:20 AM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ८ प्रतिशत नगद लाभांश रहेको छ भने १ प्रतिशत बोनस शेयर रहेको छ।

कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।