बीवाईडी नेपालले भूकम्प प्रभावित क्षेत्रलाई दियो ११ लाख रुपैयाँ

Nov 08, 2023 01:25 PM Merolagani

रुकुम पश्चिम भूकम्प प्रभावितलाई बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले ११ लाख रुपैयाँ सहयोग गरेको छ।

भूकम्प प्रभावितका लागि कम्पनीले उक्त रकम दिएको हो । कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरेको जानकारी दिइन ।

हामीले गरेको सहयोगले भूकम्पबाट समस्यामा परेकाहरुलाई आवश्यक सहयोग पुग्ने अपेक्षा गरेको उनले बताइन । गत हप्ता गएको भूकम्पबाट जाजरकोट र रुकुममा ठूलो क्षति भएको छ ।

comments powered by Disqus

कुन माइक्रोफाइनान्स कुन ब्रोकरको टप होल्डिङमा ? सूचीसहित

Jul 10, 2024 05:58 AM

मंगलबार शेयर बजार १५ दशमलब ७९ अंकले बढेर २१५२.१४ विन्दुमा पुगेको छ । मंगलबारको बजारमा धेरै समयपछि लघुवित्त समूहमा उछाल देखिएको छ भने त्यसलाई विकास बैंक समूहले साथ दिएको छ । समग्र नेप्से परिसूचक शून्य दशमलब ५३ प्रतिशतले बढ्दा मंगलबारको बजारमा लघुवित्त समूह सबैभन्दा बढी ३.०६ प्रतिशत र दोस्रोमा विकास बैंक समूह २.४९ प्रतिशतले बढेको छ ।