टिभिएस एनटर्क १२५ सीसी महा–एक्सचेन्ज महोत्सवमा सार्वजनिक, कति पर्छ ?

Nov 09, 2023 12:42 PM Merolagani



नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ ।

हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ ।

यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा ५०,००० रूपैयाँको थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् । साथै यस महा एक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५% सम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ । त्यसै गरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाखसम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।

टिभिएस एनटर्क ड्रम रेडको मूल्य २ लाख ३५ हजार ९०० रूपैयाँ रहेको छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, “ग्राहकवर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ । हाम्रा अमूल्य ग्राहकहरूका लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।“

टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको छ । स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुद र सहज हुने कम्पनीले जनाएको छ। ’टि’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ। स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्याउँछ।

एनटर्क १२५ ड्रम भेरियन्टमा ठूला १२ इन्चका टाएरहरुले सडकमा स्थिरता र ग्रिप प्रदान गर्ने कम्पनीले जनाएकाे छ। 

यसका साथै ब्याटविङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ । स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ। पछाडिको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ । त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा जानकारी पनि प्रदान गर्दछ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।