माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Nov 09, 2023 01:39 PM Merolagani



कात्तिक २३ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड कित्ता सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ७० लाख कित्ता गरी कुल १ करोड शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर एमएमकेजेएल स्टक टिकरमा कारोबार हुनेछ।

तिहार बिदा अघिको आज अन्तिम कारोबार दिन भएकोले कम्पनीको शेयर अब तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।