एफवान सफ्ट ग्रुपबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग

Nov 09, 2023 05:34 PM Merolagani



नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपले जाजरकोट र रूकुप पश्चिममा गएको भूकम्प पीडितको सहयोगार्थ आर्थिक सहयोग गरेको छ । ग्रुपले प्रधानमन्त्री दैवी उद्धार कोषमा बिहीबार ३० लाख रूपैयाँ जम्मा गरेको हो ।

कोषमा एफवान सफ्ट ग्रुप अन्तरगतका एफवान सफ्ट इन्टरनेशनल, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर तथा एफवान सफ्ट ग्रुपमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गरेका हुन् ।

केहि दिन अघि गएको भूकम्पमा परि जाजरकोट र रूकुम पश्चिमम ठुलो जनधनको क्षति भएको छ । उक्त क्षतिमा आफुहरूको सानो सहयोगले पनि केही राहत होस् भन्ने उद्धेश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण गरिएको एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताए ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।