ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

Nov 10, 2023 01:24 PM Merolagani



ग्लोबल आइएमई बैंक लिमिटेड(GBIME)का ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस(POS) मेसिनमा एक हजार रूपैयाँ वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबारमा ३०० रूपैयाँ अथवा ५ वटा कारोबारमा ५०० रूपैयाँ क्यासब्याक पाउनेछन् ।

पस (POS) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कात्तिक २५ गते कागतिहारदेखि कात्तिक २९ भाइटीकासम्म रहेको छ ।

यसैगरि बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कात्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन्।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ३५२ शाखा, ३७५ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

 

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।