आम्दानी बढेसँगै सिटि होटलको नोक्सानी घट्यो

Nov 12, 2023 06:09 AM Merolagani



सिटि होटल लिमिटेड (CITY) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ९२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको यस होटलले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड ३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

होटलको आम्दानी बढेसँगै नोक्सानी घट्न थालेको हो।

समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी २७.४७ प्रतिशत बढेर ११ करोड ५९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा होटलको कुल आम्दानी ३२.०८ प्रतिशत बढेको छ भने कुल खर्च १४.५९ प्रतिशत बढेको छ। त्यसैगरी, होटलको वित्तीय खर्च १०.६४ प्रतिशत बढेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी १४ रुपोयँ ६५ पैसा ऋणात्मक रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ २ पैसा रहेको छ।

१ अर्ब ६४ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँ सञ्चित छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।