सुनको भाउ महंगियाे, चाँदी भने स्थिर

Nov 20, 2023 12:53 PM Merolagani



सोमबार सुनको भाउ वृद्धि भएको छ । मंसिर ४ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदी भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सनु प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छठ पर्वको दिन, सुनको भाउ स्थिर रहेको थियो । आज सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, पनि चाँदी यसै मूल्यमा किनबेच भएको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।