सुनको भाउ महंगियाे, चाँदी भने स्थिर

Nov 20, 2023 12:53 PM Merolagani



सोमबार सुनको भाउ वृद्धि भएको छ । मंसिर ४ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो । चाँदी भने यस दिन स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सनु प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छठ पर्वको दिन, सुनको भाउ स्थिर रहेको थियो । आज सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

चाँदीको मूल्य भने निरन्तर दोश्रो दिन स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, पनि चाँदी यसै मूल्यमा किनबेच भएको थियो ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।