ओपन एआईले निकालेका स्याम अल्टम्यान अब माइक्रोसफ्टमा काम गर्ने

Nov 20, 2023 04:51 PM Merolagani



च्याट जेपीटी बनाउने कम्पनी ओपन एआईका सह-संस्थापक स्याम अल्टम्यान अब माइक्रोसफ्टमा काम गर्ने भएका छन्। उनले माइक्रोसफ्टको नयाँ एड्भान्स एआई अनुसन्धान टोलीको नेतृत्व गर्नेछन्। माइक्रोसफ्टका सीईओ सत्य नडेलाले सोमबार यो जानकारी दिएका हुन्। 

अल्टम्यानसँगै ओपनएआईका पूर्वअध्यक्ष ग्रेग ब्रोकम्यान र केही अन्य कर्मचारीहरू पनि माइक्रोसफ्टमा आवद्ध हुनेछन्। सत्य नाडेलाले ओपनएआईसँगको साझेदारीमा प्रतिबद्ध रहेकाे बताएका छन् । "हामी एम्मेट शियर र ओपनएआईमा नयाँ टोलीसँग जान्न र काम गर्न उत्सुक छौं," नाडेलाले भने,"हामी यो सार्वजनिक गर्न पाउँदा पनि उत्साहित छौं कि साम र ग्रेगले माइक्रोसफ्टमा आफ्ना सहकर्मीहरूसँग नयाँ एड्भान्स एआई अनुसन्धान टोलीको नेतृत्व गर्नेछन्।"

ओपनएआईको अन्तरिम सीईओ बने एम्मेट शियर

अर्कोतर्फ, पूर्व ट्विच सीईओ एमेट शियरले ओपनएआईमा अन्तरिम सीईओको जिम्मेवारी लिनेछन्। ओल्टम्यानलाई हटाएपछि मिरा मुरातीलाई यो जिम्मेवारी दिइएको थियो तर अहिले उनलाई उक्त पदबाट हटाइएको छ । आइतबार राति कम्पनीका कर्मचारीलाई यस सम्बन्धमा आन्तरिक ज्ञापनपत्र ( इन्टरनल मेमाे) जारी गरिएको थियो ।

यसमा बोर्ड निर्देशकहरू एडम डी एन्जेलो, हेलेन टोनर, इल्या सुत्स्केभर, र टाशा म्याकाउलीको हस्ताक्षर छ। न्यूयोर्क टाइम्सले यो मेमो देखेको छ। मेमोमा भनिएको छ,"ओपनएआईको मिशनलाई अगाडि बढाउने एउटै उपाय भनेको अल्टम्यानलाई हटाउनु थियो र बोर्ड आफ्नो निर्णयमा दृढतापूर्वक खडा छ।"

एम्मेट शियर भिडियो स्ट्रिमिङ प्लेटफर्म ट्वीचका सह-संस्थापक हुन् ।

एजेन्सी ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।