नबिल बैंकको लाभांश इतिहासकै कमी, सधै बोनश दिने बैंकले यसपाली यसकारण दियाे नगद मात्रै ?

Nov 23, 2023 11:04 AM Merolagani



नबिल बैंकले इतिहासकै कमी लाभांश वितरण गर्ने भएको छ । नबिल बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत मात्र नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो उसको इतिहासकै कम लाभा‌ंश हो ।

नबिल बैंकले यसपाली बोनश शेयर पनि दिएको छैन् । उसले प्रायजसो बोनस र नगद मिलाएर दिने गर्दथ्यो । तर, यसपाली भने नबिल बैंकले नगद मात्र दिएको छ ।

नेपाल बंगालादेश बैंकलाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब पुगेको छ । बोनस शेयर दिदाँ आगामी वर्ष अहिले दिएजतिकै पनि लाभांश दिन नसक्ने अवस्था आएपछि नबिल बैंकले नगद लाभांश मात्र वितरण गर्न पुगेको बैंक स्रोतको भनाइ छ ।

नबिल बै‌ंककाे लाभा‌ंश इतिहास यस्ताे छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।