२० मध्ये १० वाणिज्य बैंकले घोषणा गरे लाभांश, विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली हराएकै हो ?

Nov 24, 2023 01:27 PM Merolagani



सञ्चालनमा रहेका २० मध्ये १० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक बाहेक ९ बैंक लाभांश घोषणा गर्न बाँकी छन् । लाभांश घोषणा गर्न बाँकी ९ बैंकले पनि लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।

विगतका वर्षहरुमा नगद र बोनस ‘दुवै’ दिने चलन यसपाली कम भएको छ । सायद कम लाभांश वितरण गर्ने क्षमता भएकाले नगद र बोनस शेयर दिन उपयुक्त नभएकाले पनि कि नगद कि त बोनस मात्रै दिएको हुनुपर्छ । यसपाली वाणिज्य बैंकहरुले कि नगद कि त बोनस मात्रै दिएका छन् । नगद र बोनस दुवै दिने वाणिज्य बैंकहरु कम देखिएका छन् ।

चारवटा वाणिज्य बैंकले मात्र नगद र बोनस दुवै दिएका छन् । एभरेष्ट बैंक, एसबिआई, ग्लोबल आइएमई र सानिमा बैंकले मात्र नगद र बोनस दुवै लाभांश दिएका छन् ।

एभरेष्टले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको छ ।

यसैगरी, सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको छ ।

एसबिआई बैंकले चुक्ता पूँजीको १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोमध्ये ३.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ ।

यसैगरी, ग्लोबल आइएमई बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

यी चार बैंक बाहेक बाँकी ६ बैंकले कि नगद कि त बोनस मात्रै दिएका छन् । नबिल, सिटिजन्स, स्ट्यान्डर्ड चार्टड र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेका छन् ।

नबिल बैंकले हिजो मात्रै ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसैगरी, सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

बोनस मात्रै लाभांश वितरण गर्नेमा एनआईसी एशिया र माछापुच्छ्रे बैंक मात्रै रहेका छन् । अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरेको एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसैगरी, माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । माछापुच्छ्रे बैंकको बोनस शेयर समेत नेप्सेमा सूचीकरण भएको छ ।

 




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।