सर्वोत्तम सिमेन्टमा उत्साहजनक सहभागिता, ५० को हाराहारीमा आवेदन, भोलि बिहान ८ बजे बाँडफाँट

Nov 26, 2023 05:12 PM Merolagani



पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गरेको शेयरमा उत्साहजनक सहभागिता देखिएको छ। आइतबार बेलुकी साढे चार बजेसम्म ५० ओटा आवेदन परेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सूचीकरण विभागले जनाएको छ।

गोप्य सिलबन्दी मार्फत आएका आवेदनहरूलाई सोमबार बिहान ८ बजे खोलिने छ। जसबाट निष्कासित सबै शेयर बिक्री हुने गरी कट अफ मूल्य निर्धारण गरिनेछ। कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र बाँडफाँट गरिनेछ।  सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्।  

कबोल गरिएको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरिनेछ।  सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले शेयर प्राप्त गर्ने छन्। कट अफ मूल्य भन्दा कम मूल्य लगाउनेलाई शेयर बाँडफाँट गरिने छैन।

कम्पनीको निष्कासनमा सिलबन्दी बोलपत्र पेस गर्ने आज मंसिर १० गते अन्तिम दिन थियो। जुन आइतबार कार्यालय समयपछि सकिएको छ। कम्पनीले मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि शेयर निष्कासन गरेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको हो। सोमध्ये ४० प्रतिशत हुन आउने २४ लाख कित्ता शेयरका लागि बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ तोकिएको थियो। 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।