टुरिजम बुष्टअपको लागि फ्री भिसा, भर्खरै मलेसियाले गर्यो भारतीयलाई फ्री भिसाको घोषणा, अरू कुन देशले गरे ?

Nov 27, 2023 02:07 PM merolagani



खुम्चिँदै गएको अर्थ व्यवस्था र डलर सञ्चिति मजबुत पार्नको लागि विश्वका धेरै देशले फ्री भिसाको स्किम सार्वजनिक गर्न थालेका छन्। आइतबार मात्रै मलेसियाले भारतीयलाई फ्री भिसा दिने घोषणा गरेको छ।

आउँदो डिसेम्बर १ देखि मलेसियाले भारतीय नागरिकलाई फ्री भिसा दिने घोषणा त्यहाँका प्रधानमन्त्री अनबर इब्राहीमले गरेका हुन्। उनका अनुसार डिसेम्बर एकदेखि पुरै एक महिना भारतीय नागरिकलाई मलेसियाले फ्री भिसा दिने छ। मलेसियाको इकोनमिक ग्रोथको सपोर्टको लागि यस्तो स्किम सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

आर्थिक रूपले निक्कै शक्तिशाली मानिएको देश चीनले समेत यही बाटो अपनाइ सकेको छ। चीनले यस अघि नै मलेसिया सहित ६ देशका नागरिकलाई फ्री भिसा दिने घोषणा गरिसकेको छ। उसले गएको शुक्रवार उक्त घोषणा गरेको थियो। चीन सरकारले आउने वर्षको नोभेम्बरसम्म उक्त स्किम जारी राख्ने बताइएको छ। पर्यटक आगमनले विदेशी मुद्रा सञ्चिति सँगै खुम्चिदै गएको अर्थ व्यवस्थालाई मजबुत पार्न करिब १० महिना भन्दा बढी फ्री भिसा चीनले दिइरहेको छ।

विश्वका अरू देशले पनि सोही बाटो समातेका छन्। पर्यटकलाई आफ्नो देशमा आउन लालायित गर्न पनि सरकारले यस्तो स्किम सार्वजनिक गरिरहेका हून्। उनीहरूले सानो रकम सङ्कलन हुने भिसा शुल्क छुट दिएर भिसा फ्रीको अफर अघि सारेका छन्। धेरै खर्च गर्न सक्ने देशका नागरिकलाई आफ्नो देशमा आमन्त्रण गरिरहेका छन्। जसमा भियतनाम पनि भारतीयलाई फ्री भिसा दिने तयारीमा छ। अहिले भारतीयहरू पनि धेरै खर्च गर्ने पर्यटकमा पर्न थालेका छन्। जसले गर्दा भारतीयलाई फ्री भिसा दिने तयारीमा पुगेको हो। उसले भारतीयलाई  आउने दिनमा खुल्ला गर्न सक्ने जनाइएको छ। 

तर भियतनामले यस अघि नै फ्री भिसा स्किम भने सार्वजनिक गरिसकेको छ। यस अघि भियतनामले जर्मनी, फ्रान्स, इटली, स्पेन, डेनमार्क, स्विडेन र फिनल्यान्डका नागरिकलाई फ्री भिसा दिँदै आएको छ। लोकल न्यूज एजेन्सी वीएन एक्सप्रेसका अनुसार, भियतनामका संस्कृति, खेल तथा पर्यटन मन्त्री गुयेन वान हंगले पर्यटनमा सुधार ल्याउनको लागि चीन र भारत जस्ता प्रमुख बजारका लागि सर्ट टर्म भिसा दिने बताएका छन्। टूरिज्म इन्डस्ट्रिलाई बूस्ट गर्नका लागि यस्तो गर्न लागिएको हो।  

उता थाइल्यान्डले पनि इकोनमिलाई बुष्ट गर्नको लागि फ्री भिसा दिँदै आएको छ। थाइल्यान्डले भारतीय र ताइवानीलाई फ्री भिसा दिँदै आएको छ। १० नोभेम्बर २०२३ देखि १० मे २०२४ सम्मको लागि फ्री भिसाको स्किम सार्वजनिक गरिएको थियो। पर्यटक सिजन भन्दा ठिक पहिले सार्वजनिक गरिएको यो स्किमले धेरै पर्यटक थाइल्यान्ड पुग्ने थाई सरकारको अनुमान छ। थाई सरकारका प्रवक्ता चाई वाचरोन्केका अनुसार १४ लाख अतिरिक्त पर्यटक थाइल्यान्ड उत्रिने छन्। जसले १.५ बिलियन डलरको रेभिन्यु जेनेरेट हुने समेत उनले अनुमान गरेको बताए।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।