त्रिशुली जलविद्युतको शेयर नेप्सेमा सूचीकृत, भाेलिदेखि कारोबार गर्न सकिने

Nov 28, 2023 03:31 PM Merolagani



त्रिशुली जलविद्युतको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले मंगलबार कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो।

शेयर सूचीकरणसँगै नेप्सेले दोस्रो बजारमा कम्पनीको शेयर कारोबारको लागि टिभिसिएल (TVCL) कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

बुधबार यही रेञ्जमा रहेर कम्पनीको पहिलो शेयर कारोबार खुल्ने छ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।