निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्दै

Nov 29, 2023 03:38 PM Merolagani



नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन ओरालो घटेर बन्द भएको छ। सोमबारदेखि घट्न थालेको बजारले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक १७.९३ अंक घटेर १८७६.६० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८५ स्टकको २९ हजार ८८३ पटकको कारोबारमा १ अर्ब १ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको २२ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन विजय लघुवित्तको शेयरमूल्य करिब १० प्रतिशत बढेर कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको हो। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ ४० पैसा घटेर ३५५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड २८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी यस दिन एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।

यस दिन १३ उपसमूहको मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।