Sun, Jun 21, 2026
तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। हाेटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ। होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ११ प्रतिशत नगद लाभांश रहेको छ।
होटलको आगामी २७ औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।