तारागाउँ रिजेन्सीको शेयर कारोबार रोक्का

Dec 04, 2023 11:49 AM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) को शेयर कारोबार रोक्का गरेको छ। लाभांश घोषणा सम्बन्धि जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटलको शेयर कारोबार रोक्का गरेको हो।

होटलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको थियो। तर, होटलले सो सम्बन्धि जानकारी मंसिर १७ गते आइतबार बेलुका ५.१५ बजे मात्र दिएको नेप्सेले बताएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पोर्न सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्नेछ।

नेप्सेले होटललाई पत्र प्राप्त भएको मितिले ३ कार्यदिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।