ललितपुरको इमाडोलमा सिटिजन्स बैंकको १९० औं शाखा संचालनमा,टेकु शाखा र इमाडोल शाखामा छुट

Dec 05, 2023 03:23 PM Merolagani



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(CZBIL)ले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा संचालनमा ल्याएको छ । यससंगै काठमाडाैं उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५२ वटा शाखाहरु संचालनमा रहेका छन् ।

नयाँ शाखा संचालनको अवसरमा यस शाखामा खाता खोल्दा डेविट कार्ड,मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरुको पहिलो वर्ष निशुुल्क प्राप्त गर्न सकिनेछ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५% र लकर शुुल्कमा ५०% छुट उपलब्ध रहेको छ । यो सुविधाहरु हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध रहेको छ ।

इमाडोलमा आज आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु,प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यस शाखा मार्फत लकर सेवा,ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंककाे देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५० वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुमा १६ लाख ७९ हजार ग्राहकका साथ संचालनमा रहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।