अघिल्लो कारोबार दिन अर्थात मंगलबार १०.१० अंक घटेर १८३७.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ।
बुधबार प्रि ओपन सेसनमा १५ स्टकको २ लाख २० हजार ४९४ रुपैयाँबराबरको ३७० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।