यस पटक शेयर बजारले २२ सयको खड्गो काट्छ भनिँदैछ, यी हुन् २२ सय काट्ने आधारहरू

Dec 23, 2023 06:51 AM Merolagani

सुवास निरौला

शेयर बजारको लागि २ भदौ २०७८ साल निकै महत्त्वपूर्ण थियो। किनकि साे वर्ष सूचकले अहिलेसम्मकै सर्वाधिक अंक छोएको थियो। सो दिन सूचक ३१९८.६० अंकमा उक्लिएको थियो।

त्यसपछि निरन्तर घट्दै आएको सूचक १८१५.१३ अंक सम्म ओर्लियो। माथिल्लो विन्दुबाट सूचकले सो विन्दुसम्म ओर्लन १३ महिना लगायो। २९ असोज २०७९ मा सूचक सो विन्दुमा ओर्लिएको थियो।

त्यसपछि सूचक पटक पटक २२ सयको सेरोफेरोमा पुग्ने र त्यसपछि पुन: १८ सयको लाइनमा झर्ने क्रमले निरन्तरता पाउँदै आएको छ। सबैभन्दा पहिले सूचक १६ साउन २०७९ मा २१९६.२५ मा उक्लियो। त्यो टिकाउ हुन सकेन। पुन: सूचक घट्यो। अर्कोपटक २५ पुस २०७९ मा सूचक पुन: २१११.७६ मा उक्लियो। त्यति बेला पनि सूचक स्थिर हुन सकेन। फेरि अर्को पटक ७ साउन २०८० मा सूचक २२२७.१६ अंकमा उक्लियो। त्यसबेला पनि सूचक टिकाउ हुन सकेन। यसपटक फेरि सूचक २२ सय अंक नजिक पुगेको छ। यस पटक २२ सयको खड्गो कट्छ कट्दैन भन्नेमा लगानीकर्ता अलमलिएका छन्। तर यसपटक भने धेरै जसोले २२ सयको खड्को काटिने अनुमान गरिरहेका छन्।

सूचकले २२ सय काट्ने आधारहरूमा अहिलेको फेरिएको आर्थिक अवस्थालाई प्रमुख कारण बनाएका छन्। सबैभन्दा पहिले २२ सय पुग्दा भर्खरै नेपाल राष्ट्र बैंकले ४/१२ को नीति अघि सfरेको थियो। जसकारणले ठुला लगानीकर्ताले जसरी भएपनि बैंक लोन घटाउनै पर्ने अवस्था थियो। त्यसले बजारमा सेलिङ प्रेसर क्रिएट गरेको थियो। जसले गर्दा त्यस बेला सूचकले २२ सय काट्न सकेन।

दोस्रो पटक २२ सय उक्लिदा मुलुकको आर्थिक अवस्था जटिल बन्दै गएको र मुद्रा सञ्चिति घट्दै गएको थियो। तरलता समस्या बढ्दै गएको थियो। जसले गर्दा सरकार र राष्ट्र बैंकले आयातमा कडाइ गरे। बजारमा सजिलै पैसा पाउने स्थिति थिएन। जसले गर्दा बजारले २२ काट्न सकेन।

तेस्रो पटक बजार २२ सय नजिक पुग्यो। यस बेला राष्ट्र बैंकले नीतिगत दरहरू असाध्यै धेरै बढाएको थियो। जसले गर्दा बजारमा ब्याजदर उचालिएर निक्कै माथि उक्लिएको थियो। अचाक्ली बढेको व्याजदारका कारण यसपटक पनि बजारले २२ सय काट्न सकेन।

तर यसपटक भने नेपाल राष्ट्र बैंकले लिएका ४/१२ को नीतिमा थोरै भएपनि खुकुलो गरेको छ। रिस्क वेट घटाएको छ। नीतिगत दरहरू घटेका छन्। जसका कारण ब्याजदर तर झर्दै गरेको अवस्था छ। बैंकले शेयरमा दिने लोन सहजै दिन थालेका छन्। पहिलेको परिस्थिति र अहिलेको परिस्थिति नै फरक भएका कारण यस पटक २२ काट्छ भन्ने अनुमान लगानीकर्ताले गरेका हुन्। “सबैभन्दा ठुलो कुरा भनेको नेपाल राष्ट्र बैंकको पोजेटिभ सम्बोधन आयो। बजार क्रस पनि राष्ट्र बैंककै कारणले थियो। अहिले लगानीयोग्य रकम प्रशस्त छ। बैंक वित्तीय संस्थाको ब्याजदर पनि क्रमिक रुपमा घट्दै गएको छ। यस कारणले पनि यसपटक बजारले २२ अंक पार गर्छ भन्ने मेरो अनुमान छ” सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा फुलेलले मेरो लगानीसँग भने।

फुलेलका अनुसार शेयर बजारमा बुलिस र बियरिसको समय मापन गर्दा बुलको भन्दा बियरिसको समय बढी भइसकेको र त्यो अवस्थाले गर्दा पनि बजार अहिले बुलिस ट्रेन्ड उन्मुख देखिएको हो। बुलिस ट्रेन्ड उन्मुख हुँदै गर्दा सूचकले २२ स काटेर जानै पर्ने भएको कारणले पनि यस पटक बजारले २२ सय काट्ने अनुमान गरिएको हो।

यसैगरी दोस्रो बजारकै अर्का लगानीकर्ता गौरीशङ्कर थापा पनि यस पटक बजारले २२ सय काट्नेमा ढुक्क छन्। अहिलेकै अवस्थामा आउने केही दिन पाँच अर्ब भन्दा बढीको कारोबार हुने हो भने  बजारले २२ सय काट्ने उनको अनुमान छ।“अहिले दैनिक पाँचदेखि सात अर्बको कारोबार हुन थालिसकेको छ। बढेको भोल्युमले पनि बजार यस पटक माथि नै जान्छ भनेर अनुमान गर्न सकिन्छ। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।