मोलुङ्ग हाइड्रोपावरको नाफा धनात्मक, विद्युत बिक्री आम्दानी भने घट्यो

Feb 07, 2024 02:20 PM Merolagani

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेड (MHCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको कम्पनीको खुद नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्म धनात्मक भएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी घटेपनि गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा धनात्मक भएको छ। सो अवधिसम्म कम्पनीको खुद नाफा ४५ लाख रुपैयाँ धनात्मक भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ५७ लाख रुपैयाँ ऋणात्मक थियो। वित्तीय खर्च घटेसँगै कम्पनीको खुद नाफा धनात्मक भएको हो।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.६३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६.२८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च ४१.०५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। पुस मसान्तसम्ममा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १४ पैसा धनात्मक भएको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३४.९० गुणा रहेको छ।

८० करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १६ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।