सिक्लेस हाइड्रोपावरको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?

Feb 08, 2024 01:53 PM Merolagani



सिक्लेस हाइड्रोपावर लिमिटेड (SIKLES) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ०.२७ प्रतिशत बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन खर्च ५.७३ प्रतिशत घटेको छ भने कुल आम्दानी १.२३ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल गैर सञ्चालन खर्च ३.०५ प्रतिशत बढेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ४ पैसा बढेर १४ रुपैयाँ ८२ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४२ गुणा रहेको छ।

८५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८ करोड ३५ लाख रुपैयाँ सञ्चित छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।