क्यान इन्फोटेक आजदेखि सुरु, एआई जेनेरेटिभ सिस्टमदेखि नवीनतम प्रविधिसम्म प्रदर्शनी

Feb 08, 2024 03:16 PM Merolagani



कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा २९औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ ।​ बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ​ यो प्रदर्शनीको उद्घाटन गरिन् ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न कम्पनीका १५० ओटा स्टल रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएको एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनी हुने महासंघका अध्यक्ष रणजीत पोदारले बताए । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गर्ने प्रयास भएको उनले उल्लेख गरे ।

 प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकको विश्वास छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।