नेशनल लघुवित्त नाफा घट्यो, अन्य सुचक कस्ता छन ?

Feb 11, 2024 01:18 PM Merolagani



चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड(NMFBS)ले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको नाफामा गिरावट भएको छ ।

यस अवधिमा लघुवित्तले १० करोड ४१ लाख रुपैयाँले खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिसम्ममा लघुवित्तले १६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानीमा गिरावट हुँदा लघुवित्तको नाफामा दबाब पुगेको हो ।

पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३५ करोड ३१ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा तीन करोड रुपैयाँ कम हो । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको इम्पेरमेन्ट चार्ज तीन करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

एक अर्ब ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २६ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा ५ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १८ अर्ब ३६ करोड ५९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

वित्तीय विवरण अनुसार लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ २२ पैसा कायम छ भने प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ ८८ पैसा छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।