चिया विकास निगम अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित

Feb 11, 2024 05:36 PM Merolagani



नेपालमा उत्पादित चियाहरुको वृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार र शनिबार नारायणी नदीको किनारमा नेपाल चिया तथा कफि विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सह–आयोजनामा उक्त कार्यक्रम गरिएकाे हाे ।

मेलामा चिया क्षेत्रमा कृयाशिल विभिन्न संघ संस्थाको सहभागिता तथा विभिन्न चिया उत्पादक कम्पनीहरुले आफ्नो उत्पादनको प्रदर्शनी एवं टेष्टिङ्ग कार्यक्रम भएको छ ।

प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले गरेका थिए। सो कार्यक्रममा आठौं एशिया टी कम्पिटिसन २०२३ कोचिया गुणस्तरमा गोल्ड विजेता नेपाल चिया विकास निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईलाई मन्त्रीले सम्मानित गरेका छन् । सो कम्पिटिसनमा नेपाल चिया विकास निगम लि. को कन्याम वगानको चिया लेगोल्ड विजेता पाएको हो।

प्रत्येक साल चिनमा विश्वभरीका १७ चिया उत्पादन गर्ने देशहरु बिच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट नेपाल चिया विकास निगमले सहभागिता जनाएको थियो र निगमको कन्याम चिया वगानले २०२३ को उत्कृष्ट चिया भनेर गोल्ड विजेता पाएको हो।

निगमले झापा र इलाममा रहेको आफ्नै ७ वटा चिया वगानहरुबाट उत्पादित चिया नेपालीहरुमाझ निकै नै लोकप्रिय तथा अन्र्तराष्ट्रिय स्तर मै चिर–परिचित टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले यस पुरस्कारले नेपाली चियालाई अन्र्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवर्द्धन गर्न निकै ठूलो टेवा दिने विश्वास गरेकाे छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।