बजेट र मौद्रिक नीतिको समीक्षा आजै

Feb 12, 2024 10:47 AM Merolagani



अर्थमन्त्रालयले बजेट र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार गर्ने भएका छन्।

अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको छ। मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको हो।

यता राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि आजै सञ्चालक समितिको बैठक डाकेको छ।

राष्ट्र बैंकले माघ महिनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरिरहेको थियो। सोहि अनुसार सोमबार साँझ अर्धवार्षिक समीक्षाको एजेण्डा राखेर सञ्चालक समितिको बैठक डाकिएको छ।

सञ्चालक समितिले पारित गरेपछि आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी छ।

पुससम्मको तथ्याँकले बाह्यक्षेत्र अझै मजबुद बनेको देखाएको छ। यसले गर्दा केन्द्रीय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केहि लचिलो नीति लिन लागेको छ।

मौद्रिक नीतिको समीक्षामा केन्द्रीय बैंकलाई यसअघि गरेको कडाइलाई अझै खुकुलो बनाउनुपर्ने दबाब छ। आन्तरिक अर्थतन्त्रलाई पनि चलायमान बनाउनुपर्ने बाध्यता रहेकोले पनि केन्द्रीय बैंकले लचिलो नीति लिन लागेको हो।

चालु आर्थिक वर्षदेखि नै राष्ट्र बैंकले आफ्नो नीतिलाई खुकुलो बनाउँदै लगेको छ। नीतिगत दरहरु घटाउँदै लगेको छ भने दोस्रो त्रैमासिक समीक्षामा पनि यस्तो दर थप घटाउने तयारी गरेको छ। यसले गर्दा बैंकहरुको ब्याजदर अझै घट्ने छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।