लाइसेन्समा घोटाला भएको भन्दै यातायात विभागका महानिर्देशक उद्धव रिजाललाई कालोमोसो

Feb 12, 2024 11:31 AM Merolagani



यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार  गरेको हो । 

संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको जनाइएको छ ।

केहि समय अघि नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि सिफारिस गरेको थियो । मन्त्रालयका अनुसार एक लाख भन्दा बढी नक्कली लाइसेन्स वितरण भएको जनाएको थियो ।

यातायात विभागमा रिजालले कार्यभार सम्हालेको करिब तीन महिना मात्रै पुगेको छ ।

विभागका महानिर्देशक रिजालले आफुमाथि दुर्व्यवहार भएको बताए । ‘अफिस आउने क्रममा एक हुलले म माथि दुर्व्यवहार गरे’ उनले भने ‘याे होलीको सिजन हो, ठिकै छ । मेरो लाइसेन्स घोटालामा कुनै हात नभएपनि मलाई दुर्व्यवहार भयो।’ 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।