एनसेलकाे शेयर खरिदबिक्री सम्बन्धी प्रतिवेदन उपलब्ध गराउन सरकारलाई लेखा समितिको निर्देशन

Feb 12, 2024 12:22 PM Merolagani



प्रतिनिधिसभाको लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर बिक्रीबारे छानबिन समितिले बुझाएको प्रतिवेदन उपलब्ध गराउन सरकालाई निर्देशन दिएको छ।

आइतबार बसेको समितिको बैठकले एनसेल सेयर बिक्रीबारे छानबिन समितिले बनाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई तत्काल उक्त प्रतिवेदनको प्रति समितिलाई समेत उपलब्ध गराउन निर्देश गरिएको उनले बताए। गत माघ १५ गते सरकारलाई उच्चस्तरिय छानबीन समितिले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

उच्चस्तरीय छानबिन समितिले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्री यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्रीलाई छानबिन प्रतिवेदन बुझाउदै सेयर खरिदबिक्री अनुमति दिन नमिल्ने आशय सहितको सुझाव पेस गरेको थियो ।

प्रतिवेदनमा भनिएको ‘खरिद बिक्रीकर्ता दुवै पक्षले निवेदन दिनुपर्नेमा हालसम्म पनि नदिएको, सेयर खरिदबिक्री गर्नुअघि स्वीकृति लिनुपर्नेमा नलिएको र प्राप्त सेयर खरिद बिक्री सम्झौताका सर्तहरू विश्लेषण गर्दा आम्स लेन्थ प्रिन्सिपलअनुसार नभएको, विभिन्न दृष्टिकोणबाट खरिदकर्ताको क्षमता विश्लेषण गर्दा प्राविधिक, वित्तीय तथा व्यवस्थापकीय क्षमता पुष्टि हुने कागज पेस नगरेको देखिँदा यो सेयर बिक्री सझौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त हुने देखिएन ।’

सरकारले एनसेल सेयर खरिदबिक्री प्रकरणमा गत मंसिर २१ गते पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वको ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।