जग्गा हदबन्दी हटाउन घरजग्गा व्यवसायीको माग, ‘व्यवस्थित सहर बन्न अप्ठेरो भयो’

Feb 12, 2024 12:31 PM Merolagani



घरजग्गा व्यवसायीले ठूला सहर बनाउन जग्गा हदबन्दी हटाउनुपर्ने माग राखेको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ दोस्रो साधरण सभामा जग्गा हदबन्दीले व्यवस्थित सहर बन्न अप्ठेरो भएको उनीहरुले बताएका हुन ।

जग्गा तथा आवास विकास महासंघ अध्यक्ष भेषराज लोहनीले ठूला सहर बनाउन महासंघ स्थापना गरेको बताउँदै सबै व्यवसायी मिलेर ५० अर्बको लिमिटेड कम्पनी स्थापना गर्ने सोच रहेको र त्यसका लागि हदबन्दीले समस्या भएको जनकारी दिए । ल्यान्ड पुलिङ, ल्यान्ड मार्केट अवधारणा अघि बढाएको बताउँदै लाइसेन्स भएका व्यक्तिले मात्रै कारोबार गर्न पाउने व्यवस्था अत्यावश्यक रहेको बताए।

त्यस्तै, पूर्व प्रदेशमन्त्री तथा व्यवसायी विन्दुकुमार थापाले पनि घरजग्गा व्यवसायमा जग्गा हदबन्दीको कारण अप्ठेरो भइरहेको बताए।

नेपाल जग्गा तथा आवास विकास महासंघका उपाध्यक्ष राजकुमार राईले नेपालमा अझै घरजग्गा व्यवसायी खुलेर भन्नसक्ने अवस्था नरहेको बताए। साधरण सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले जो पनि घरजगग्गा व्यवसायी हुँदा विसंगती बढेको बताए। 

मुख्यमन्त्री पाण्डेले डेभलपर्सले सहरभित्र सहर नभई नयाँ सहर नै बनाउनु पर्ने बताए। उनले जग्गाको हदबन्दी सम्बन्धी कानुन बनाउने अधिकार प्रदेशलाई नभएको सुनाए।

त्यस्तै, पोखरा महानगरका मेयर धनराज आचार्यले घरजग्गा कारोबार व्यवस्थित हुन नसकेको बताउँदै सरकारसँग मिलेर नीति निर्माणमा लाग्न आग्रह गरेका छन्। उनले पोखरामा १९ वटा हाई राइज बिल्डिङ रहेको बताए।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।