नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच शेयर प्रत्याभूति सम्झौता

Feb 12, 2024 04:18 PM Merolagani



नागरिक लगानी कोष(CIT) र सानिगाड हाइड्रो लिमिटेड(Sanigaad)बीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सानिगाडको प्रति शेयर १०० रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख शेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र शेयर निष्कासन गरिसक्नु पर्नेछ । ६ महिनाभित्र शेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

 




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।