२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार

Feb 12, 2024 04:28 PM Merolagani



सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका हुन्।

समीक्षामार्फत अर्थमन्त्री महतले बजेटको आकार १५ खर्ब ३० अर्ब रुपैयाँमा झारेका छन्। यो कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । उनले चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए।