सरकारले खर्च गर्न नसकेपछि संशोधन गर्‍यो बजेटको आकार (यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ)

Feb 12, 2024 04:33 PM merolagani

नेपाल सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेपछि उसले आफूले लिएको बजेटको लक्ष्यलाई संशोधन गरेको छ। सोमबार अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटको आकार संशोधन गरिएको जानकारी दिएका हुन्।

डा.महतले चलु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको बताएका छन्। उनका अनुसार चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखेको थियो। तर त्यो सबै अहिलेको अवस्थालाई हेर्दा खर्च हुन नसक्ने अवस्था रहेकोले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएका छन्। जस अनुसार चालु वर्ष  १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ मात्रै खर्च हुने महतले संशोधित अनुमान सुनाए।  

महतका अनुसार चलु तर्फ ८८.८४ प्रतिशत, पूँजीगत तर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ८७.३९ प्रतिशत हुने संशोधित अनुमान छ।  

 


comments powered by Disqus

राष्ट्र बैंक र एनआरएनलाई एक साता भित्र घर खाली गरिदिन बालेनको उर्दी, नमाने डोजर चलाउने

Feb 21, 2024 05:17 PM

काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूलाई सात दिन भित्र भौतिक रुपमा सो क्षेत्रबाट हट्न बुधबार सूचना जारी गरेको छ ।