मुलुक छोडेर विदेश जानेहरूलाई अर्थमन्त्रीले भने”बनारसका पेडा खाया भि पछुताया, नहि खाया तो भि पछुताया ”

Feb 12, 2024 05:24 PM merolagani



मुलुकबाट वर्षेनि बाहिर जाँदै गरेका नेपालीहरूलाई लक्षित गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले व्यङ्ग गरेका छन्। मन्त्री महतले मुलुक बाहिर जाने नेपालीहरूलाई इङ्गित गर्दै भारतीय उखान प्रयोग गर्दै व्यङ्ग गरेका हुन्।

उनले भने बनारसका पेडा खाया भि पछुताया,नहि खाया तो भि पछुताया । महतले सोमबार अर्थ मन्त्रालयमा भएको बजेटको अर्ध वार्षिक समीक्षामा बोल्दै सो कुरा बताएका हुन्।

महत  आफू पनि विदेश बसेर आएको र त्यहाँ कस्तो अवस्था हुने र कस्तो रोजगारी पाउने बारेमा आफूलाई राम्रो अनुभव भएको उनले सुनाए। खासगरी बिदेशिएकाहरूले तल्लो स्तरको काम गर्ने र नेपाल भन्दा निक्कै कमसल जीवनयापन गर्ने उनको प्रस्तुतिले प्रस्ट्याएको थियो। “विदेश गए के के न हुन्छ भन्ने छ। म पनि विदेश नै बसेर आएको हो। मैले पनि त्यहाँ कस्तो अवस्था हुन्छ र कस्तो काम गर्नु पर्छ भन्ने बुझेको छ ” महतले भने।  

 

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।