साउदी अरबमा रक्सी उत्पादन गरेको आरोपमा सयौं नेपाली जेलमा

Feb 12, 2024 05:09 PM MEROLAGANI



रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्य मध्येको एक साउदी अरबमा रक्सी कारखाना संचालन गरेको आरोपमा सयौं नेपाली जेलमा परेको घटना बाहिरिएको छ ।

त्यहाँ झन्डै चार लाख नेपालीहरू रहेको अनुमानगरिएको छ । त्यसमध्ये ४८० जनाविभिन्न अपराधमा जेलमा रहेको र तीमध्ये ८० प्रतिशत मदिराको उत्पादन, विक्रीवितरण र सेवनमा संलग्न रहेको अपराधमा पक्राउ परेको रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिव टोपनारायण गिरीले जानकारी दिएका छन् ।

विविसीका अनुसार सात दशकदेखि मदिरामाथि प्रतिबन्ध लगाएको साउदी अरबमा मदिरा राख्ने वा बेचबिखन गर्नेलाई जरिवाना गराउने देखि जेलमा थुन्ने र कोर्रा हान्नेसम्मको सजाय तोकिएको छ। यो सबैकुरा थाहा हुँदाहुँदै पनि छोटो समयमा धेरै पैसा कमाउने लोभमा केही नेपालीहरु रक्सी उत्पादन, ओसारपसारको धन्दामा लाग्दा जेल परेको उनले विविसीलाई बताए ।

उक्त अभियोगमा जेल परेका नेपालीहरूलाई मदिरा उत्पादन सहितको कसुरमा सजाय दिइएको र कैयौँमा सजाय सुनाउन बाँकी नै रहेको उल्लेख छ। अहिलेसम्म सजाय तोकिएकाहरु केही महिनादेखि सात वर्षसम्मको जेल सजाय पाउनेहरु समेत छन् ।

कडा प्रावधानका बीच पनि नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसंग मिसाएर लगेर त्यहाँ पाइने अन्न गहुँ, चामल अनि खजुर पनि राखेर रक्सी उत्पादन गर्ने गरेको दूतावासका अधिकारीहरु बताउंछन् ।
नेपाली मात्र नभएर भारतीय, बाङ्गलादेशी र अन्य मुलुकका आप्रवासी कामदारहरू पनि मदिरा सेवन गरेको आरोपमा जेलहरूमा रहेको बताइन्छ।

त्यसमध्ये सबैभन्दा धेरै २२ सय जना भारतीय रहेको बताइएको छ ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।