राष्ट्र बैंकले गर्यो मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा, संस्थागत मुद्दती निक्षेपको ब्याजदर ब्यक्तिगतको भन्दा १ प्रतिशत मात्र कम भए हुने

Feb 12, 2024 07:49 PM Merolagani



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गरेको छ। केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेका समीक्षामा खासै ठुलो नीतिगत परिवर्तन भने गरेको छैन।

केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरेको छ । अहिले बैंकहरुले संस्थागत मुद्दती निक्षपको ब्याजदर ब्यक्तिगत मुद्दती निक्षेपको भन्दा २ प्रतिशत कम गर्नुपर्ने व्यवस्था गरेको थियो।

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने केन्द्रीय बैंकले जनाएको छ। मौद्रिक नीतिमा नै स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याउने जनाए पनि हालसम्म उक्त व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।

यस्तै आन्तरिक एवम बाहय आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था केन्द्रीय बेंकले गरेको छ।

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।