अरुण भ्याली हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, नाफा कति?

Feb 13, 2024 08:48 AM Merolagani



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८२.४४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १८ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।

कम्पनीले निर्माण गरि सञ्चालनमा रहेको काबेली बी १ क्यासकेड जलविद्युत आयोजनामा बाढीको कारण क्षति भएकोले हाल विद्युत उत्पादन कार्य बन्द रहेको छ। सोही कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको हो।

विद्युत बिक्री आम्दानीसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ५०.८८ प्रतिशत घटेर २ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ८७.०१ प्रतिशत घटेको छ भने कुल खर्च ०.२३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ९९ पैसा घटेर २ रुपैयाँ ४९ पैसामा झरेको छ। त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११० रुपैयाँ ३७ पैसा रहेको छ।

१ अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ८ करोड २६ लाख रुपैयाँ रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।