गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यस साता के होला?

Feb 18, 2024 06:46 AM Merolagani

गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको थियो। अघिल्लो साता २०९६.३२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६४ प्रतिशत अर्थात ३४.२९ अंक घटेर २०६२.०३ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। सो साता सोमबार र बुधबार नेप्से परिसूचक बढेर बन्द भएको हो।

 

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा नेप्से परिसूचक ओरालो लागेमा १९८० देखि २०२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता बजारमा दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २.६१ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढ्दै

गत साता स्टकास्टिक आरएसआईमा नेप्से ओभरसोल्ड जोनतर्फ झरिरहेको देखिन्छ। यसले बजारमा विस्तारै बिक्रीचाप बढ्दै गएको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।