प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक घट्यो नेप्से

Feb 18, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३५ अंक घटेर २०६०.६७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ३१ स्टकको १० लाख ९७ हजार ८५६ रुपैयाँ ४० पैसाबराबरको २ हजार ५२२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।