सीतापाइलामा एकै परिवारका चार जनाकाे शव भेटियाे, श्रीमती र २ छाेरीकाे हत्या गरिसकेपछि श्रीमानले आत्महत्या गरेकाे अनुमान

Feb 21, 2024 01:02 PM Merolagani



पछिल्लाे समय नेपालमा दिनानुदिन अपराधका घटना बढिरहेकाे छ । हरेक दिनजसाे हत्या र आत्महत्याका खबर सुनिरहेकाे हुन्छ । साेहि क्रममा बुधबार पनि काठमाडाैंकाे सीतापाइलामा यस्तै घटना घटेकाे छ।

सीतापाइलामा बस्ने सिंगाे परिवारकाे नै मृत्यु भएकाे हाे । जसमध्ये तीन जनाको हत्या गरिएको प्रहरीले जनाएकाे छ ।

बुधबार बिहान सोलखुम्बु, दूधकुण्डका नागार्जुन नगरपालिका ६ बैराग टोलकाे एक घरमा बस्ने राजु घिमिरे (सुनार) परिवारकाे शव फेला परेकाे हाे । साे घरकाे काेठामा उनका श्रीमती र २ छोरीहरुकाे शव भेटिएकाे छ भने राजु घिमिरे (सुनार)काे शव घरभन्दा केहि पर जंगलमा भेटिएकाे छ ।

प्रहरीका अनुसार ३८ वर्षीया ईश्वरी श्रेष्ठ, ८ वर्षकी छाेरी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हाे । ईश्वरीका श्रीमान् राजु घिमिरे (सुनार) भने जंगलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

श्रीमती र छाेरीहरूकाे हत्या गरिसकेपछि उनले आत्महत्या गरेको प्रहरीले अनुमान गरेकाे छ । दैनिक ज्यालादारी गरेर उनीहरूले जिविकाेपार्जन गर्ने गरेका थिए । यद्धपी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार सुनारले बिहानै सालाेलाई फाेन गरेर आफूले सबैलाई मारेकाे र अब आफू पनि मर्ने बताएका थिए । यसकासाथै उनले आफ्ना ८ कक्षामा अध्ययनरत छाेरालाई बाहिर पैसा लिने बहानामा पठाएर तीन जनाकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।