कर बढ्ने सम्भावना देखिएपछि बजेट अघि नै ठूलो परिणाममा गाडी ल्याउने तयारीमा व्यवसायी, माघमा भित्रिए हजार बढी इभी

Feb 21, 2024 02:00 PM Merolagani

आगामी बजेटबाट अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीसाधनमा कर बढाउने तयारी गरेपछि बजेट अघि नै व्यवसायीहरु धरै भन्दा धेरै इभी भित्र्याउन लागि परेका छन् ।

विद्युतीय गाडी आयातमा दिएको सहुलियतका कारण राजस्व संकलनमा दबाव परेको निष्कर्ष सरकारले निकालेपछि अटोमोबाइल व्यवसायी जेठ १५ अघि नै धेरै परिणाममा गाडी भित्र्याउने रणनीति अपनाएका हुन ।

पछिल्लो दुई महिनाको तथ्याङ्कले पनि व्यवसायी बजेट अघि नै सकेसम्म धेरै गाडी ल्याइरहेको पुष्टि हुन्छ । चालू आर्थिक बर्षको पुसमा मात्रै १४ सय बढी गाडी आएका थिए भने माघ महिनामा मात्रै एक हजार ५२ ओटा गाडी आएका छन ।

खासगरी सरकारले विद्युतीय सवारी आयात करमा सहुलियत दिएको कारण राज्यलाई राजश्वमा ३५ अर्ब घाटा भएको अर्थमन्त्री बताउँदै आएका छन् । अहिले नेपालमा भित्रने इभी गाडी मध्ये १०० किलोवाट तल मोटर क्षमता भएका गाडी धेरै आयात भइरहेका छन । ठूला क्षमताका इभी पनि मोटर क्षमता घटाएर व्यवसायीले नेपाल ल्याउने गरेको निष्कर्ष निकालिएपछि विद्युतीय सवारीमा लगाउँदै आएको करको स्वरुप नै परिवर्तन गर्ने अर्थमन्त्रालयको तयारी छ ।

भन्सार विभागले हालै जारी गरेको सात महिनाको तथ्याङकले पनि व्यवसायी धरै भन्दा धेरै गाडी भित्र्याउन उन्मुख भएको प्रष्ट हुन्छ । तथ्याङ्क अनुसार सात महिनाको अवधिमा ६ हजार ७१ ओटा विद्युतीय गाडी आयात भएका छन् । गत आवको सात महिनासम्म २ हजार ९ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए । 

अहिले चल्तीका ब्रान्डहरुको शोरुममा इभी गाडीको स्टक नै रहन छोडेको छ । एक व्यवसायीले भने ‘अर्थमन्त्रीले कर बढाउने निश्चित भएपछि व्यवसायीहरु बजेट अघि नै धेरै गाडी ल्याउन अर्डर दिएका छन । बजेट अघि एउटा ब्रान्डका २ हजार/२५ सय गाडी आउने अनुमान छ।’ 

हाल नेपाली बजारमा बिवाइडी, महिन्द्रा, किया, टाटा, एमजी, नेटा, सेरेस, वीलिङ र हुण्डाइ ब्रान्डका विद्युतीय कारहरू बिक्री हुने गरेका छन ।

तथ्याङक अनुसार हाल सबैभन्दा धेरै १०० किलोवाटसम्म क्षमता भएका इभी आयात भएका छन् । माघसम्म ५१ देखि १०० किलोवाट तल मोटर क्षमताका ३ हजार ३९४ ओटा आयात भएका छन् । त्यस्तै ५० किलोवाटका क्षमताका २ हजार ६७७ र सय किलोवाट माथिका ६१ ओटा गाडी नेपाल भित्रिएका छन् ।

पछिल्लो समय ठूला व्यवसायीक घरानाले पनि नयाँ ब्रान्ड भित्र्याइरहेका छन । चौधरी, एमएडब्ल्यु लगायतका घरानाले नयाँ चिनियाँ ब्रान्ड ल्याउने क्रममा छन । नामी, स्मार्ट, भिनाफिस्टा लगायतका ब्रान्ड नेपाल आउने क्रममा छन् ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।