टेवा क्षेत्रबाट उकालो लाग्यो नेप्से

Feb 26, 2024 03:08 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो ६ कारोबार दिनदेखि घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेप्से परिसूचक यस दिन टेवा क्षेत्रबाट उकालो लागेको हो। हाल नेप्सेको टेवा क्षेत्र १९८० देखि २०२५ सम्म रहेको छ। पछिल्लो दुई कारोबार दिनदेखि नेप्से सोही टेवा क्षेत्रमा कारोबार भइरहे तापनि बढ्न सकेको थिएन। तर, यस दिन भने नेप्से सो क्षेत्रमा टेवा पाएर उकालो लागेको हो।

सोमबार नेप्से परिसूचक १३.२८ अंक बढेर १९९२.३० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन भोल्यूम भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३१४ स्टकको ४९ हजार ९४० पटकको कारोबारमा २ अर्ब १ करोड ७७ लाख रुपैयाँ बराबरको ५९ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बोटलर्स नेपाल (बालाजु) को शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ। यस दिन पनि समाज लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको बिपिडब्लु लघुवित्तको शेयरमूल्य यस दिन ८.७७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने शिवम सिमेन्ट्सको ६ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन, जलविद्यूत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।