नेप्सेले निकाल्यो मार्जिन कारोबार योग्य कम्पनीको सूची, कुन कुन कम्पनी परे ?

Feb 27, 2024 02:24 PM merolagani



नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ। नेप्सेमा माघ मसान्तसम्म २ सय ७१ कम्पनी सूचीकृत छन्।

सूचीकृत कम्पनी मध्ये १ सय १२ कम्पनी मात्रै मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा परेका छन्। जुन कुल सूचीकृत कम्पनीको ४१.३२ प्रतिशत हो। नेप्सेको मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ मा नेप्सेले सूचीकृत सार्वजनिक गर्नु पर्ने नियम छ। सोही नियम अनुसार उसले सूची सार्वजनिक गरेको हो। त्यसैगरि कार्यविधिको दफा ९ (१) मा सर्वसाधारणको सूचनाको लागि सूची सार्वजनिक गर्नु पर्ने उल्लेख छ। सोही बमोजिम सूची सार्वजनिक गरिएको हो।

नेप्सेले नियम अनुसार सूची सार्वजनिक गरेको भएपनि मार्जिन कारोबार सुविधा भने कुनै पनि ब्रोकरले दिएका छैनन्। बेला बेलामा केही ब्रोकर कम्पनीले सुविधा दिने गरेको भए पनि हाल भने कुनै पनि कम्पनीले सेवा नदिएको नेप्सेले जनाएको छ।

नेप्सेले सार्वजनिक गरेको सूचीमा सूचीकृत सबै जसो वाणिज्य बैंक र विकास बैंक परेका छन्। जलविद्युत कम्पनी धेरै भएपनि उनीहरू सूचीमा भने निक्कै थोरै अटाएका छन्।

यी हुन् मार्जिन योग्य कम्पनी   





भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।