सर्वोत्तम सिमेन्टको आईपीओ १० लाख भन्दा धेरैले भरे, साढे ९ लाख बढीले शेयर नपाउने

Feb 28, 2024 05:21 PM Merolagani



सर्वोत्तम सिमेन्ट लिमिटेड(SCML)को आईपीओ भर्ने साढे ९ लाख भन्दा धेरैकाे हात खाली हुने भएकाे छ ।  कम्पनीकाे आईपीओका लागि अन्तिम दिनसम्ममा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ। 

सिडिएससी एण्ड क्लियरीङ लिमिटेडका अनुसार बुधबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा १० लाख १२  हजार ३८४ जना आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

यस अनुसार याे कम्पनीकाे शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर नपाउने भएका हुन् ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियाे।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज  अन्तिम दिन थियाे ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।