भारतद्वारा पाकिस्तानमाथि आक्रमण, ‘हिसाब चुक्ता गर्ने’ इस्लामाबादको प्रतिज्ञा

May 07, 2025 12:39 PM Merolagani



भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी आदानप्रदान गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ ।

दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ ।

“अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन्”, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने ।

विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामाबादलाई दोष दिएको केही दिनपछि नयाँदिल्लीले पाकिस्तान प्रशासित काश्मीर र पञ्जाब राज्यका नौ स्थलमा ‘आतङ्कवादी शिविरहरूमा सटीक आक्रमण’ गरेको घोषणा गरेको थियो ।

भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ । नयाँदिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैर–विस्तारवादी प्रकृतिको छ’ भनेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाही गरेको बताए ।

“प्रतिकार पहिले नै सुरु भइसकेको छ”, आसिफले एएफपीलाई भने, “हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ ।”




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।