होटल क्षेत्रको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान)ले लामो समयदेखि होटललाई उद्योगसरह मान्यता दिएर छुटकाे व्यवस्था माग भएकोमा अर्थमन्त्री पौडेलले सो माग सम्बोधन गरेका हुन ।
त्यसैगरी बजेटले सूचना प्रविधिमा आधारित उद्योगलाई समेत विशेष उद्योगको रुपमा मानेर आयकर र विद्युत महसुलमा छुट दिने व्यवस्था गरेको हो । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुनेछ भने नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने व्यवस्था बजेटले गरेको छ ।