सटर बन्द गरेर आन्दोलनमा उत्रिए सुनचाँदी व्यवसायी

Jun 27, 2025 01:33 PM Merolagani



सटर बन्द गरेर सुनचाँदी व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आगामी आर्थिक वर्षको विधेयकमा सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायीहरुले सटर बन्द गरेका हुन् ।

न्युरोड लगायका स्थानहरुमा सुनचाँदी पस बन्द रहेको छ । विनयोजन विधेयक पास हुँदा पनि आफूहरुको माग सम्बोधन नभएकाले पुनः आन्दोलन गर्नुपरेको सुनचाँदी व्यवसायीहरुको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै व्यवसायीहरुले आन्दोलन शुरु गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएसँगै उनीहरुले आन्दोलन स्थगित गरेका थिए ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।