पाँच जलविद्युत आयोजना निर्माण गर्न विद्युत् विकास विभागले गर्यो आशयपत्र आह्रवान

Jul 03, 2025 11:31 AM merolagani



विद्युत् विकास विभागले पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ।

विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न २४८ मेगावाट क्षमताका ५ जलविद्युत् आयोजनाको आशय पत्र आह्रवान गरेको हो ।

पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, संचालन र हस्तान्तरण (बुट) मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी (जेभी) समूहहरूलाई आशय पत्र पेश गर्न आह्वान गरेको छ ।

म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ ।

त्यसैगरी, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविपद्युत आयोजना र हुम्ला जिल्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।