Sat, Mar 14, 2026
मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्य मुल्याकंनबारे छानबिन गर्न समिति गठन गरेको छ ।
पूर्वन्यायाधीय कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको छ । समिति बनाएसँगै उनी स्वत: निलम्बनमा परेका छन् ।
नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।