Mon, Apr 20, 2026
सोलु हाइड्रोपावरमा शुक्रबासम्म सवा १८ लाखको आवेदन परेको छ । सीडीएससीका अनुसार ८२ लाख कित्ता शेयरको लागि आवेदन माग भएकोमा १८ लाख २६ हजार ८८० आवेदकबाट २ करोड २६ लाख ५० हजार ६ सय कित्ता शेयरको लागि आवेदन परिसकेको छ । यो माग भन्दा २.७६ गुणा बढी हो ।
कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड रहेको छ। कम्पनीको शेयरमा आइतबार कार्यालय समयसम्म आवेदन दिन सकिने छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।