हकप्रदका लागि भार्गव पुग्यो धितोपत्र बोर्ड,सगरमाथा फाइनान्सले पायो अनुमति

Nov 11, 2016 merolagani

भार्गव विकास बैंक (BHBL) हकप्रद शेयर जारी गर्ने अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ ।बैंकले आफ्ना लगानीकर्तालाई शतप्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्देछ । यता सगरमाथा फाइनान्स (SAFL) लाई ८० प्रतिशत अर्थात दश बराबर आठको अनुपातमा हकप्रद बिक्री गर्न बोर्डले अनुमति दिएको छ ।

 

भार्गव विकास बैंकले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो । हाल बैंकको १२ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । १२ लाख कित्ता हकप्रद शेयर निष्काशन पश्चात बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट अनुमति पाउने बित्तिकै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्ने बैंकले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ लाख रुपैयाँ मुनाफा कमाएको बैंकको जगेडाकोषमा चार करोड ९२ लाख रुपैयाँ रहेको छ ।

बैंकले गतबर्षको मुनाफाबाट २० प्रतिशत बोनस तथा १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । गतआर्थिक बर्षमा बैंकले दुई करोड ५८ लाख ५६ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

सगरमाथा फाइनान्सको असी प्रतिशत हकप्रद

सगरमाथा फाइनान्सले असी प्रतिशत अर्थात (१०ः८) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले यसै साता धितोपत्र बोर्डबाट हकप्र जारी गर्ने अनुमति पाएको छ ।

कम्पनीले एनआइबिएल क्यापिटललाई निस्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

फाइनान्सको दश कित्ता शेयर हुनेले आठ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निस्काशन गर्न लागेको हो । हाल कम्पनीको ३१ करोड रुपैयाँ ८७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ नाघ्नेछ ।

फाइनान्सले गत असार मसान्तसम्म २१ करोड ८४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । कम्पनीले तीन अर्ब १० करोड निक्षेप र दुई अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

ललितपुरको मानभवनमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले देशका विभिन्न स्थानमा रहेका१० वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी निकट भविष्यमा संस्थाले तेह्रथुम, ताप्लेजुङ, फिदिम, इलाम, र्संखुवासभा, तेह्रथुम, गाइघाट र काठमाण्डौमा समेत शाखा विस्तार गर्ने योजना रहेको छ ।

 

हिमालयनको १४ प्रतिशत र कुमारीले किनेको काष्ठमण्डपको २५ प्रतिशत हकप्रद खुल्यो

एनबी इन्स्योरेन्सले फेरी प्रस्ताव गर्यो शतप्रतिशत हकप्रद, यसरी जगाउँदैछ आशा

मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाले हकप्रद निष्काशनका लागि पाए स्वीकृति, उचालिएर सेयर नकिन्नुस

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।